कमल ।
दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका युवा यतिवेल कृषि पेसामा रमाउन थालेका छन् ।
चुलाचुली गाउँपालिकाको भौगोलिक अवस्था नै कृषि उत्पादनकालागी उपयुक्त भएकोले पनि यहाँका युवाहरु कृषि पेसातर्फ लागेका हुन् । झापा र मोरङसंग सिमाना जोडिएको यस गाउँपालिकाका युवाको मुख्य आम्दानीको स्रोत भनेकै कृिष पेसा हो ।
चुलाचुली गाउँपालिकाको भौगोलिक अवस्था नै कृिष पेसा उपयुक्त भएकोले यहाँका कृषक तरकारी तथा फलफुल उत्पादन तर्फ आकर्षण भएका हुन् । जस अन्तरगत गाउँपालिकाको वडा नम्वर १ मा सन्देश नेम्वाङले साम्दाङ्वा एग्रो फर्म सञ्चालन गरेका छन् ।
नेम्वाङले आफुसंग भएको २ विघा र लिजमा १० बिघ जमिन लिएर जम्मा १२ विघा जमिनमा मा तरकारी तथा फलफुल खेति तथा भैसी पालन गर्दै आएका छन् । आफुले गरेका कृषि पेसाबाट राम्रो आम्दानी भएको रनेम्वाङ बताए ।
सात वर्ष दक्षिण कोरियामा बसेर फर्किएका सन्देशले आफ्नै मुमिमा केही गरौ भन्ने उद्धेश्यले सात वर्ष अगाडि दुई करोढ रुपैयाको लगानीमा कृिष पेसा शुरु गरेका हुन् । उनले सात जना लाई रोजगारी समेत दिएका छन् । नेपाल मै बसेर पनि धेरै पैसा कमाउन सकिन्छ । पैसा कमउन कै लागी विदेश जानु पर्दैन भन्छन्– चुलाचुली ५ का लिची बगान सन्चालक प्रकाश राई ।
उनले आफ्ना बुबाले सुरु गरेको लिची बगान लाई समाल्दै आएका छन् । करिव दुई बिगाह जमिनमा दुई सय ५० बोट लिची लगाएका छन् भने कलमी गरेर नेपालभरी लिचीका विरुवा समेत बिक्रि गर्दै आएका छन् । पालिकामा सिमल तरुल, मौरीमालन,लिचि पकेट क्षेत्र, आफुपकेट कार्यक्रममा ५० प्रतिशत अनुदानमा काम गर्दै छौ भने सिचाईका लागि साना सिचाई प्रवद्र्धन कार्यक्रम सन्चालनमा छ । त्यस्तै कृषीमा यान्त्रीकरणको प्रयोगलाई प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख सुवास दाहाल बताउछन् ।
साबिकका चुलाचुली र साकफारा दुई वटा गाउँविकास समिति मिलाएर बनाइएकोे यस गाउँपालिकाका निर्वाचित जनप्रतिनिधी आएपछि कृषि र पशुपालनको क्षेत्रमा धेरै परिवर्तन भएको दाबि गर्छन्–गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्ग ।
व्यवसायीक रुपमा कृषि पेसा गर्दै आएका कृषकलाई स्थानिय, प्रदेश र सघिय सरकारबाट प्रशस्तै अनुदान वितरण गरिएको छ । अनुदान पाएपछि कृषकले उत्पादन समेत गरेका छन् । तर, उत्पादिन बस्तुले बजार नपाएको र बजारीकरणका लागि तिनै तहका सरकारको कुनै पनि पहन नभएको कृषकको गुनासो छ ।