कुवेतमा बिर्तामोडका विकास कार्कीको निधन

0
2557

बिर्तामोड ।

बैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेका एक झापालीको निधन भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–१ हनुमाननगरका ३३ वर्षीय विकास कार्कीको निधन भएको खबर प्राप्त भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

विकासको के कारणले मृत्यु भएको हो भन्ने यकिन खुल्न नसकेको उनका बुबा ध्रवराज कार्कीले बताए । उनले भने– ‘छोराको निधन भएको खबर आयो तर, के कति कारणले निधन भएको केही खुल्न सकेको छैन् ।’

डेढ वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा काठमाण्डौंको ओमेगा इन्टरनेश्नल म्यानपावर कम्पनी मार्फत कुवेत पुकेका विकास ईटिसी कुवेत कम्पनीमा कार्यरत रहेका बताइएको छ । उनीसंगै अर्का एक नेपालीको पनि निधन भएको अपुष्ट जानकारी प्राप्त भएको छ ।

छोराको निधन पछि कार्की परिवारले शवलाई छिटो नेपाल ल्याउने र मृत्युको सत्य तथ्य पत्ता लगाई दिन सरकारसंग माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here