विनोद सापकोटा,
झिलझिले।
राजनीति भन्नेबित्तिकै व्यक्तिगत स्वार्थ, भागबन्डा र शक्तिको प्रतिस्पर्धा हो भन्ने बुझाई आम सर्वसाधरणको छ । तीन तहकै सरकार र तह तहका राजनीतिक नेतृत्व चयन हुँदाका बखत पनि त्यस्तै देखिन्छ । तर झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्तकुमार फेउदिन जनताका यस्ता प्रतिनिधि हुन् जसले जनताको सेवालाई कर्मभन्दा पनि धर्म ठानेका छन् ।
फेउदिन सामाजिक सेवामा यति समर्पित छन् कि जब उनी सडक मानव वा विपन्न परिवार देख्छन् । उनि भावनामा बगेर चुर्लुम्ब आँसुमा डुब्छन् । उनको सहानुभूति मात्र हुदैन । उनी उपचार नपाएका बिरामीलाई आफैं अस्पतालसम्म पु¥याउँछन् र उपचार गराउँछन् ।
झापाका नाम चलेका अस्पतालहरू बिएण्डसी अस्पताल विर्तामोड, मेची प्रादेशिक अस्पताल भद्रपुर, ओम साई पाथिभारा अस्पताल भद्रपुर, बिर्ता सिटी अस्पताल विर्तामोड र आम्दा अस्पतालमा उनी आफैं गएर ‘भनसुन’ गरेर विपन्नलाई निःशुल्क उपचारको व्यवस्था मिलाउँछन् ।
अस्पताल प्रशासन संग उनको धेर थोर चिनजान पनि छ । सडक मानव सडकबाट उठाएर ल्याएको भनेपछि अस्पतालले रेस्पोन्स नगर्ने तर्कै हुदैन । उनि भन्छन् ‘नगरमा एम्बुलेन्स भएपछि विपन्न र सडक मानवको उद्दार गरेर अस्पताल सम्म पुर्याउन सजिलो भएको छ ।’
त्यतिमात्र होइन, घर नभएकालाई आरसीसी घर निर्माण गरेर बसोबासको व्यवस्था मिलाउनु उनको नियमित कार्यझैं भइसकेको छ । वडा अध्यक्ष भएपछि दुई वटा घर बनाएर विपन्न ति परिवारलाई जिम्मा लगाएर । फेउदिनका निकट साथी राकेश रिजाल भन्छन् ‘यी सबै कार्य उनले सरकारी बजेटको भर नपरी, इष्टमित्र, साथीभाइ, र आफन्तजनबाट सङ्कलित सहयोगमा सम्पन्न गरेका हुन् ।’ उनका अनुसार “राज्यको पैसा होइन । जनताको विश्वास चाहिन्छ, सेवा गर्न ।”
फेउदिन विद्यार्थीको पनि भरोसा योग्य अभिभावक हुन् । पैसा नभएर पढ्न नपाएका विद्यार्थीहरूको शैक्षिक खर्च, पुस्तक, पोशाक र अन्य सामग्रीको जोहो उनी आफैं गर्छन् । “भोकालाई भोजन, नाङ्गोलाई वस्त्र र विपन्नताका कारण विद्यालय जान नपाएकालाई शिक्षा दिन पाउँदा आफूले जन्मको सार्थकता पाएको महसुस गरेको छु,” वडाध्यक्ष फेउदेन यसै भन्छन् ।
उनको कार्यशैली पनि विशिष्ट छ । दिनको सुरुआत कार्यालयमा नागरिकका सिफारिस पत्रहरू हेर्ने, अघिल्लो दिनका कामको समीक्षा गर्ने, विकास योजनाको अनुगमन र न्याय सम्पादन गर्ने कामले सुरु हुन्छ । उनी भन्छन्, “जनताको काम नै मेरो पहिलो प्राथमिकता हो ।”
शिवसताक्षी नगरको वडा नम्बर ८ को एक दुखद घटनामा पनि उनी अग्रसर देखिए । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता तथा पार्टीका वडा सदस्य चन्द्रबहादुर सार्की को क्यान्सरका कारण वैशाख १३ गते निधन भएपछि फेउदेनले उपचारका लागि आर्थिक सहयोग सङ्कलन सुरु गरेका थिए । भोलिपल्टै सार्कीको मृत्यु भयो । सङ्कलित ४२ हजार रुपैयाँ शोकाकुल परिवारलाई प्रदान गरिएको छ । “हामीले उहाँलाई बचाउन सकिन्छकी भनेर प्रयास ग¥यौँ । तर दैवले साथ दिएन,”उनी शोकसभामा स्तब्ध भए ।
नेपाली कांग्रेस शिवसताक्षी नगरका उपसभापति समेत रहेका फेउदेनको राजनीतिक पहुँचकै कारण वडामा प्रदेश तथा केन्द्र सरकारका योजना भित्र्याइएका छन् । जसले वडावासीलाई प्रत्यक्ष लाभ पुगेको छ ।
सन्तकुमार फेउदेन आजको राजनीतिक परिवेशमा आशा र प्रेरणाका पात्र हुन् । ‘मन सच्चो हो भने, सेवाका लागि सधैं स्रोत चाहिँदैन । इच्छाशक्ति नै पर्याप्त हुँदो रहेछ,’ उनले भने ।