कलेजको दबाबका कारण प्राप्तीले देहत्याग गरेको प्रसाई ट्रष्ट कल्याण कोषको आरोप

0
97

बिर्तामोड ।

झापाको बिर्तामोडकी प्राप्ती प्रसाईको मृत्यु कलेज प्रशासनको मानसिक यातनाका कारण भएको प्रसाई ट्रष्ट कल्याण कोषले आरोप लगाएको छ ।

बिर्तामोड नगरपालिका–५ की २१ वर्षीया प्राप्ती चितवनको भरतपुरस्थित सिएमसि कलेजमा विडिएचमा अध्ययनरत रहेकी थिइन् । उनलाई कलेज प्रशासनले निरन्तर मानसिक पीडा र दबाब दिदैं सातदिनका लागि कलेजबाट निलम्बन गरेको थियो ।

सोही पीडाका कारण उनले गत वैशख ७ गते आत्महत्या गरेको प्रसाई ट्रष्ट कल्याण कोषका केन्द्रिय अध्यक्ष टिकाप्रसाद प्रसाईले प्रेस विज्ञप्ति जारी गर्दै आरोप लगाएका छन् ।

बुधबार प्रसाई ट्रष्ट कल्याण कोषले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘यस्तो दुःखद जानरीकाबाट प्रसाई ट्रष्ट कल्याण कोषका सम्पूर्ण सदस्य परिवार मर्माहित र दुखित भएका छौं । उक्त दुःखद घटनाका सम्बन्धमा हाम्रो सिंगो प्रसाई परिवारको ध्यान आकर्षण भएको छ । उक्त घटनााले आम विद्यार्थीको आात्मसम्मानमा चोट पुग्नुका साथै कलेज प्रशासनमाथि समेत गम्भिर प्रश्न उठाएको छ ।’

बिर्तामोड–५ निवासी पदमप्रसाद प्रसाईकी छोरी प्राप्तीको निधनले सिंगो प्रसाई परिवार मर्माहत भएको प्रसाई ट्रष्ट कल्याण कोषका अध्यक्ष टिकाप्रसादले बताए । उनले कानुनका जानकारहरुसंगको परामर्श पछि कलेजविरुद्ध प्रहरी समक्ष आत्महत्या दुरुत्सहानको जाहेरी दर्ता गरिने बताए ।

प्रसाई ट्रष्ट कल्याण कोषले उक्त घटनाका सम्बन्धमा निष्पक्ष छानविन गरी दोषी भए कलेज प्रशासन तथा संलग्न ब्यक्ति माथि कडाभन्दा कडा कारबाहीको माग समेत गरेको छ । साथै ट्रष्टले यस्तो घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here