हसिना सिमसारमा साबुन, हार्पिक र फिनेल बनाउने तालिम सम्पन्न

0
20

बिराटनगर,

मोरङको सुन्दरहरैचा – ५ हसिना सिमसारमा साबुन, फिनेल र हार्पिक बनाउने तालिम सम्पन्न भएको छ । नमुना सामुदायिक वनको आयोजना तथा सहयोगी नेपाल मेचीनगर नगरपालिका झापाको प्राविधिक सहयोगमा तीन दिने तालिम सम्पन्न भएको हो।

तालिमको समापन गर्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । उनले बन्दै तालिममा प्राप्त गरेका ज्ञानलाई पेशा रुपमा अबलम्बन गरी आय आर्जनको गर्न आफै जागरुप हुनुपर्ने बताउदै कुनै आर्थिक समस्या भए आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

समूहमा आबद्ध भएर उपभोक्ताहरुलाई सीप प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले गरिबी निवारण कार्यक्रमअन्र्तगत तालिमको आयोजना गरिएको नमुना सामुदायिक वनका अध्यक्ष घन श्याम न्यौपानेले जानकारी दिए ।

अध्यक्ष न्यौपानेले पनि सिकेको सीपलाई समूह बनाएर काम गरे आल्मनिर्भर बनिने बताउदै कुनै पनि आर्थिक सहयोग गर्न तयार रहेको बताए। सपना पोखरेलले प्रशिक्षण दिएको तालिममा महिला तथा पुरुष गरी ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

प्रमुख अतिथि, अध्यक्ष लगायतले तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए। कार्यक्रममा सहयोगी नेपालका प्रमुख दयालाल राजबंशी,सुन्दर सामुदायिक वनका अध्यक्ष कमल अधिकारी, तीनपैनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिजय तिम्सिना लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन वनकी कोषाध्यक्ष कृष्ण कुमारी सिवालले गरेकी थिईन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here