साहित्य चौतारी र नेपाल फिल्म सोसाइटीको पर्यटन प्रबर्द्धन गोष्ठी हुँदै

0
19

बिर्तामोड। साहित्य चौतारी बिर्तामोड झापा नेपालले कलाकार सम्मानसहित साहित्यिक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न वैठकले यस्तो निर्णय गरेको हो।
कार्यक्रममा नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल, नायिका शर्मिला मल्ल , अमेरिका संयोजक नवराज श्रेष्ठ, भारत शिलगढी निवासी चलचित्र निर्देशक विनोद विष्टलाई अभिनन्दन सम्मान गरिने भएको हो।
वैशाख २७ गते शनिवार होटल हिकोला हेरीटेज साहित्य चौतारिको सभाहलमा हुने कार्यक्रममा उनीहरूलाई अभिनन्दन सम्मान गरिने साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताए।
साहित्य चौतारी बिर्तामोड झापा नेपालका मानर्थ सल्लाहकार जीवन अधिकारीको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रमको संयोजकमा साहित्य चौतारीका उपाध्यक्ष हिम्मत नेम्बाङ रहेको सचिव तुलसीप्रसाद निरौलाले बताए।
सोही दिन नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंको आयोजना तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको संयोजनमा नेपाली चलचित्रमा स्थानीय संस्कृतिको प्रभाव र पर्यटन प्रबर्द्धन बिषयक एक दिवसीय अन्तरक्रियात्मक गोष्ठीको आयोजना गरिएको छ ।
कनकाई नगरपालिकाको सहकार्यमा साहित्य चौतारी बिर्तामोड झापा नेपाल र होटल हिकोला हेरिटेजको समन्वयमा हुने उक्त कार्यक्रममा नेपाली चलचित्रमा स्थानीय संस्कृतिको प्रभाव र पर्यटन प्रबर्द्धन विषयक कार्यपत्र प्रस्तुत गरिने बताइएको छ।
उक्त कार्यपत्र नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंका बरिष्ठ सल्लाहकार डाक्टर घनश्याम खतिवडाले प्रस्तुत गर्ने नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंका केन्द्रीय सदस्य गंगाप्रसाद पोखरेलले जानकारी दिए।
नेपाली चलचित्रमा स्थानीय संस्कृति , सम्पदा, स्थानीय पर्यटकीय स्थललाई प्रयोग गरी त्यसक्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंका बरिष्ठ सल्लाहकार डाक्टर घनश्याम खतिवडाले बताए ।
नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल, नायिका शर्मिला मल्ल , उपाध्यक्ष नारायण प्रधान, महासचिव राजेश विशुराल, कोषाध्यक्ष शंकरलाल श्रेष्ठ, सहकोषाध्यक्ष दुर्गा विशुराल , केन्द्रीय सदस्यहरू गंगाप्रसाद पोखरेल, आरपी पन्त , वरिष्ठ सल्लाहकार डाक्टर घनश्याम खतिवडालगायतको टोली रहेको उनले बताए।
कार्यक्रमको प्रमुख अतिथि खानेपानी सिञ्चा॓ई तथा उर्जा मन्त्री एकराज कार्की र कार्यक्रम संयोजक दिनेशराज शर्मा रहेका छन् ।
वैशाख २७ गते शनिवार होटल हिकोला हेरीटेजमा हुने कार्यक्रममा सहभागी हुन कोशी प्रदेश अध्यक्ष देवीभक्त श्रेष्ठले सबैलाई आग्रह समेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here