झापा,झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद वस्नेतको स्वेच्छिक मरण भएको छ । बिर्तामोड नगरपालिका १ जगतबस्ती टोल निवासी बस्नेतले शुक्रवार स्वेच्छिक मरणको बाटो रोजेका हुन् । उनी आफ्नै वेडरुमको सिलिङ फेनमा झुण्डिएको अवस्थामा भेटिएका थिए । ५२ वर्षीय वस्नेत विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध थिए ।
सयपत्री ट्रेड लिंक लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत रहेका उनी नेपाल उद्योग वाणिज्य संघ कोशीको कार्यसमिति सदस्य , मेची पेट्रोलियम डिलर्स एशेसिएसनका महासचिव, जेसीज पूर्व अध्यक्ष समाजका अध्यक्ष, एकका लागि एक अभियानका सह संयोजक हुन् । उनी रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष समेत रहेका थिए ।
स्व. वस्नेतकी श्रीमती कोपिला अधिवत्ता हुन । उनकी एक छोरी विभूति रहेका छन् । उनी एमबीबीएस अध्ययनरत रहेकी छिन् । वस्नेतको निधनसंगै बिर्तामोडवासी शोकमा डुवेका छन् । कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री उद्धव थापादेखि समाजका अग्रज , प्रतिष्ठिक एवम् विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् ।
विभिन्न सामाजिक कार्यक्रम सक्रिय वस्नेतले सबैको मन जितेपनि आफैंसंग हारेपछि वस्नेत निवासमा हेर्न जानेको लर्काे छ अहिले ।