मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

0
30

विराटनगर।

मोरङको ग्रामथान गाउँपालिका–६ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

विराटनगरबाट बिराट चौक तर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ११४० नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेका मोरङ ग्रामथान गाँउपालिका–६ का ७० वर्षीय हेमराज गिरीलाई ठक्कर दिँदा घाईते भएका गिरीलाई तत्काल उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न मोटरसाईकल चालक मोरङ कटहरी गाँउपालिका–७ का अनिस भगतलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here