सुनसरी।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१०मा बिधुतीय करेन्ट लागेर नावालकको मृत्यु भएको छ ।
स्थानिय उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाईल चार्ज गर्ने बोर्डमा छुदा करेन्ट लागेर घाईते भएकोमा तत्काल उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिधि बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।