विराटनगर।
मोरङ र झापाको विभिन्न स्थानबाट ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
मोरङ बिराटनगर महानगरपालिका–१६ बाट लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा सुन्सरी इटहरी–१२ का ३१ वर्षीय अमृत बङ्गालीको साथबाट ब्राउन सुगर दुई ग्राम ८०० मिलिग्राम र धरान–८ का ४६ वर्षीय राज तामाङ र ३५ वर्षीय प्रबिन पोखरेलको साथबाट एक ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर–१२ का १९ वर्षीय भुमीराज राई र २२ वर्षीय इश्वर राईलाई एक ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।