भारत-पाकिस्तान युद्ध : भारत सरकारको आधिकारिक निकायबाट जारी भएको सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न दूतावासको आग्रह

0
28

योगेन्द्र योगी
बिराटनगर,

भारत – पाकिस्तान तनाव बढेपछि भारत सरकारको आधिकारिक निकायबाट जारी भएको सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नयां दिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

दूतावासले एक बिज्ञप्ति जारी गर्दै भारतको जम्मू-कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई
मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ।

संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक
निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न अनुरोध गरिएको बिज्ञाप्तिमा भनिएको छ।

साथै,कुनै आपतकालीन अवस्था आएमा दूतावासको आवश्यक समन्वय र सहजीकरणका लागि जदूतावास, नयां दिल्लीको टेलिफोन नं: +९१-११२३४७६२०० र हटलाईन नं:-+९१-८९२९६०१९२५ अनुरोध गरेको छ । यस्तै, नेपाली महावाणिज्यदूतावास, कोलकत्ताको टेलिफोन न: +९१-०३२४५६१२२४ मोवाईल नं.: +९१ ९७४८४६६९०० सम्पर्क गर्न सकिनेछ।

यता,परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई कुनै अफ्ठयारो परेमा इस्लामाबादस्थित दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसमा निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’

परराष्ट्र मन्त्रालयले आवश्यक परेमा नेपाली राजदूतावासका नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने बताएको हो । मन्त्रालयले यसका लागि तृतीय सचिव वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुदको मोबाइल नम्बर उपलब्ध गराएको छ । +९२ ३३१३२९३११९ र +९२ ३४०५१७४२६१ नम्बरमा फोन गर्न मन्त्रालयले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here