सूर्यज्योति अङग्रेजी आवासिय विद्यालयको स्वागत कार्यक्रम सम्पन्न

0
18
अर्जुनधारा ।
नव वर्ष एवम् नयाँ शैक्षिक सत्र २०८२ को अवसरमा झापाको अर्जुनधारा–४स्थित सूर्यज्योति अङग्रेजी आवासिय विद्यालयको आयोजनामा शुक्रबार स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय अन्र्तगत रहेको सूर्यज्योति इको क्लबका अध्यक्ष एलिस भट्टराईको अध्यक्षतामा विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि ज्येष्ठ नागरिक चन्द्रप्रसाद सिटौलाले उद्घाटन गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक गणेश बुढाथोकीले विद्यालयको वर्तमान गतिविधि बारे जानकारी गराएको कार्यक्रममा विद्यार्थीहरुले रायम्स, गीत, नृत्य, कविता आदि प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक एवम् प्रबन्ध निर्देशक रुद्र सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अङग्रेजी माध्यमबाट छात्रा स्वीकृती भट्टराई र नेपाली माध्यमबाट छात्र सुवर्ण दाहालले स्वागत मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय यशोदा दाहाल र क्षीतिज गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here