मेचीनगरमा पहिलो पटक एआई प्रविधिबाट छातीको एक्स-रे परीक्षण

0
5

बाहुनडाँगी।

मेचीनगरमा पहिलो पटक क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण शिविर सञ्चालन गरिएको छ । आज मेचीनगर–४, बाहुनडाँगी स्थित स्वास्थ्य चौकीबाट एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण शिविर सुरु गरिएको हो ।

शिविर सुरु हुनु अघिको औपचारिक कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले रोग लागेर उपचार गर्नु भन्दा पनि पहिला रोग लाग्न नदिने गरी जनतालाई स्वास्थ्यप्रति सचेतना फैलाउन आवश्यक रहेको बताए ।

शिविरमा २३० जनाले एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरेको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् । उनका अनुसार २३० जनामध्ये ६ जना क्षयरोगीलाई शिविरमा नै उपचार गरिएको छ । २० जनाको खँकार परीक्षणका लागि लिएको थियो । शिविरमा सुगरको ग्लुकोजको रगत जाँच, किड्नीको जाँच, पिसावमा प्रोटिनको जाँच, छाती लगायतको जाँच गरिएको थियो ।

जाँच गर्न आएका मध्ये २० प्रतिशतमा प्रि–मधुमेह र प्रोटिन समेत देखा परेको सापकोटाले बताइन् । उक्त एक्सरे मेसिन कोशी प्रदेशमा जम्मा एउटा रहेको छ । सोही मेसिनले सबै पालिकामा घुम्ती शिविरको काम गरिरहेको छ । करिव एक करोड ३५ लाख पर्ने मेसिन ७ वटा प्रदेशमा एक एक वटा मात्र छ ।

उक्त मेसिनबाट यसअघि झापाको दमक नगरपालिका र झापा गाउँपालिकाका जनतालाई सेवा दिइसकेको छ । मेचीनगरको अब तीन वटा वडामा उक्त शिविर सञ्चालन हुनेछ । जसमा शनिबार मेचीनगर–७, आइतबार मेचीनगर–१२ र सोमबार मेचीनगर–१५ नम्बर वडामा एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरिने छ । उक्त प्रविधिबाट गर्भवती र १५ वर्षमुनीका बाहेकालाई यो सेवा दिइने छ ।

मेचीनगर नगरपालिकालाई आगामी २०८३ सालमा क्षयरोग मुक्त घोषणा गर्ने अभियान अन्तरगत यो पनि शिविर सञ्चालन गरिएको हो । ५ वर्षभित्र क्षयरोग मुक्त घोषणा गर्ने कार्यक्रमको ३ वर्ष सकिएर ४ वर्षमा रनिङ भइरहेको छ । पछिल्लो तीन वर्षमा ५१९ जना क्षयरोग रोगीका विरामीलाई प्रत्यक्ष निगरानीमा उपचार भइरहेको सापकोटाको भनाई छ ।

त्यस्तै शिविरमा आँखा जाँचको सेवा पनि दिइएको थियो । शिविरमा २०० जनाले आँखा जाँच गराएका थिए । आँखा जाँचमा काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोग रहेको थियो । आँखा जाँच गरेका मध्ये २७ जनाको शल्याक्रिया गर्नु पर्ने देखिएको छ ।

२७ जना मध्ये १७ जनामा मोयिाबिन्दु र १० जनामा मासु पलाएको सेन्टरले जनाएको छ । ५८ जनालाई औषधि वितरण गरिउको थियो । आँखा जाँच शिविरमा अक्टुमेट्रिस रोजल थापाको नेतृत्वमा ४ जनाको प्राविधिको टोली खटिएको थियो ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न शिविरको स्वागतसहित सञ्चालन स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here