झापा, झापाको बिर्तामोडमा पाँचजना सर्जकलाई सम्मान गरिएको छ । साहित्य चौतारी बिर्तामोडले पाँच जना सर्जकलाई अभिनन्दन गरेको हो ।
चौतारीले मासिक सांङ्गीतिक काव्यसभा साथै २५६९ औं बुद्धजयन्तीको अवसर पारेर राष्ट्रिय कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, आरपी पन्त, नवराज श्रेष्ठ र लेखक बिनोद बिष्टलाई सम्मान तथा अभिन्दन गरेको हो ।
साहित्य चौतारीका अध्यक्ष देबीभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
चौतारीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्वाङले स्वगत गरेको कार्यक्रमको सञ्चालन गजलकार दिलिप घिमिरेले गरेका थिए ।
उक्त कार्यक्रमपछि मासिक सांङ्गीतिक काव्यसभा साथै नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका नयाँ पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज नेपाली चलचित्रमा स्थानीय संस्कृतिको प्रभाव बिषयक अन्तरक्रियात्मक कार्यक्रम पनि गरिनेछ ।
श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नेपाल फिल्म सोसाइटी कोशी प्रदेश सर्वसम्मत चयन भएको थियो भने अनिरुद्र ओलीको संयोजकत्वमा सल्लाहकार समिति पनि चयन भएको थियो । आज कोशी प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य कार्यक्रम भएको थियो ।