बिराटनगर,
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० त्रिवेणी चोकमा शनिबार बिहान आगलागीमा परी घर जलेर नष्ट भएको परिवारलाई खाद्यन सहयोग गरिएको छ। एक बर्ष श्रीमान क्यान्सर बितेको र श्रीमानको वार्षिक पुण्यतिथिको तयारी गर्दैगर्दा अचानक ग्यास लिक भएर आगलागी भएको बिद्या भेटुवालको परिवारलाई सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाई खाद्यन सहयोग गरेका हुन्।
आगलागी भएको जानकारी पाएपछि अभियन्ता चौलागाई खाद्यन सामग्री बोकेर पिडितको घरमा पुगेका थिए। राहत सामग्री पाएपछि खुशी हुँदै बिद्याले अभियन्ता चौलागाई लगायत सबै टीमलाई धन्यवाद दिएकी थिईन्। आगलागीबाट घर सहित सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ ।
आगलागीको क्रममा दुईवटा ग्यास सिलिन्डर विस्फोट भएका थिए। घटना लगत्तै सुन्दरहरैँचा र बेलबारी नगरपालिकाका बारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो। चौलागाई पछिल्लो समय गरिव तथा दुखिहरुको पिंडा मलम लगाउने अभियन्ता हुन्। राहत वितरण कार्यक्रमा समाजसेवी कमल देवी अधिकारी लगायत अन्यको उपस्थिति रहेको थियो।