मागपत्र प्रमाणीकरणका लागि ओमानमा पेश गर्नुपर्ने ६ प्रकारका कागजातह एकै प्रबिष्टि गर्ने एप्लिकेशनको शुभारम्भ

0
18

योगेन्द्र योगी
बिराटनगर,

ओमान स्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणका लागि ओमानमा पेश गर्नुपर्ने ६ प्रकारका कागजातह एकै प्रबिष्टि गर्ने एप्लिकेशन शुभारम्भ गरेको छ।

दूतावासले नेपाल घरमा नेपाली समुदायका प्रतिनिधि तथा विभिन्न क्षेत्रमा काम गर्ने विज्ञहरूबीच ओमानबाट उनीहरुले सिकेका कुरा नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया र श्रमिक सचेतना सम्बन्धी कार्यक्रम सो एप्लिकेशनको शुभारम्भ गरेको हो।

ओमानका लागि नेपाली राजदूत डोरनाथ राजदूत अर्यालले संस्थागत मागपत्र प्रमाणीकरणका लागि ओमानमा पेश गर्नुपर्ने बिभिन्न ६ प्रकारका कागजातहरू एक पटक गरेको प्रबिष्टिबाट सबै कागजात एकै पटक जेनेरेट हुने गरी तयारी गरिएको एप्लिकेशनको शुभारम्भ गरेका हुन्। राजदूत अर्यालले अब मागपत्र पेश गर्ने रोजगारदाता कम्पनी र दूतावास दुवैलाई निकै सहज हुने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा दूतावासका श्रम सहचारी दामोदर ज्ञवालीले ओमान सरकारले ३१ जुलाई २०२५ सम्मका लागि छुट अवधिमा स्वदेश फिर्ती हुन भिसा सकिएका विदेशी नागरिहरुको लागि सुचारु गरेको सेवाको बारेमा जानकारी दिँदै भिसा सकिएर जरिवानाको कारण नेपाल जान नसकेका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता हुन आ-आफ्ना तर्फबाट सहयोग पुर्याउन सबैलाई अनुरोध समेत गरे।

सो कार्यक्रममा ओमानबाट आफूले सिकेका कुरा नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने बिषयमा ओमानको नागरिक उड्डयन प्राधिकरणमा एयरस्पेस डिजाइन विशेषज्ञ को रूपमा कार्यरत सुवर्णराज उपाध्याय, नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खडका, नेपाली सोसल क्लबका पूर्वअध्यक्ष तथा पाइलट बिकल झा, ओमानमा कार्यरत इन्जिनियरहरू टीका धिताल र खगेन्द्र रिजालले आ-आफ्नो विषयहरुमा प्रस्तुतीकरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here