ट्रकको ठक्करबाट मृत्यु

0
20

झापा, बेलडाँगीबाट दमक तर्फ आउँदै गरेको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ घर भई हाल दमक बस्तै आएका २२ वर्षीय अंकित लिम्बू रहेको प्रहरीले जनाएको छ । दमक नगरपालिका वडा न.१ स्थित रबि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटी चालक ताप्लेजुङ दोभान बस्ने लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । लिम्बू दमक थकाली किचन घरको स्टाफ रहेको बताइएको छ ।
स्कुटी पछाडी सवार पाँचथर मिक्लाजुङ गाउँपालिका वडा न.४ बस्ने ४२ वर्षीया सृजना राई घाइते भएकी छन् । उनको अवस्था गम्भीर रहेको छ । घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको टोली खटिएर कानुनी प्रकृया भइरहेको छ । ट्रक चालक फरार रहेका छन् भने ट्रक र स्कुटी प्रहरीको नियन्त्रणमा रहेको छ ।
त्यस्तै मोरङको ग्रामथानमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । गएराति ९;३० बजेतिर ग्रामथान –२ बतराहीस्थित आर.एम.सी. इटाभट्टाबाट इटा लोड गरी मोहन टोलतर्फ जाँदै गरेको को १ त ७४२५ नं. को ट्रयाक्टर खेतमा फसेको अवस्थामा उक्त इटाभट्टाको ३७०१ नं. को जेसिबीले पछाडीबाट धकेल्दा ट्रयाक्टरको इन्जिनको भाग उठी पछाडीको डालामा ठोकिएर ट्रयाक्टर चालक कटहरी ५ बस्ने २० वर्षीय राहुल सरदार घाइते भएका थिए । उनलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here