झापा, टाङटिङ खोलाको निषेधित क्षेत्रमा नदी जन्य पदार्थ उत्खनन् गर्ने पाँच वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस क्याम्प शनिश्चरेको टोलीले टाङटिङ खोलामा अबैध रुपमा बालुवा उत्खनन् गर्दै गरेका पाँच वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस क्याम्प शनिश्चरेका सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक राउतको टोलीले प्र. १– ०१ –००१ त ८२३०,मे १ त ४३४२, प्र. १– ०१ –००१ त ८२३०, प्र. १– ०३ –००१ त २३९५ र प्र. १– ०१ –००१ त ८०३५ नम्वररका ट्याक्टर नियत्तणमा लिएको हो ।
यस अघि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी सहितको टोलीले सो क्षेत्रको अनुगमन गरी अवैध रुपमा गरिने नदी जन्य पदार्थ उत्खनन् रोक्न प्रहरीलाई निर्देशन दिएका थिए । प्रमुख जिल्ला अधिकारीको निर्देशन लगत्तै प्रहरीले त्यस्ता सवारी नियन्त्रणमा लिँदै अर्जुनधारा नगरपालिकालाई आवश्यक कारवाहीका लागि बुझाएको छ ।