दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव

0
19

छविराज ढकाल
पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरेमा जारी दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत आज सम्पन्न भएको खेलमा देवीगञ्ज एफसी फाइनलमा प्रवेश गरेको छ। शनिबार सम्पन्न खेलमा सुनौलो कल्यांण एफसी विरुद्ध ५-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै देवीगञ्ज एफसीले फाइनलको यात्रा तय गरेको हो।

खेलको पूर्वाधारमा दुवै टिमबाट कुनै गोल हुन नसकेको थिएन । उत्तरार्धमा भने देवीगञ्ज एफसीले विपक्षी टिमलाई दबाबमा राखेको थियो। देवीगञ्ज एफसीका खेलाडी मिक्सन दासले एक्लै आफ्नो टिमलाई ३ गोल सहित ह्याट्रिक गर्दै योगदान पुर्‍याएका थिए ।

उनले दोस्रो हाफको ४७, ५२ र ६८ औं मिनेटमा विपक्षी टिमको गोल पोस्टमा प्रहार गरेको बलले जाली चुमेको थियो। यसैगरी सोही टिमका सन्तोष न्यौपानेले ६५ औँ मिनेटमा आफ्नो टिमलाई एक गोल गर्दै ४-० गोलको अन्तरमा पुर्‍याउन योगदान गरे। त्यस्तै देवीगंजकै अर्का खेलाडी छोसाङ गुरुङले अतिरिक्त समय थप गरिएको ( ७०+२) औ मिनेटको समयमा अर्को गोल गरेर आफ्नो टिमलाई शानदार जित दिलाउन सफल भए।

आजको विजेता देवीगञ्ज एफसीले आगामी वैशाख ३० गते मङ्गलबारको फाइनल खेलमा हिजोको विजेता प्रभात सामुदायिक एफसीसित उपाधिका लागि कडा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। कुनै पनि प्रतियोगिताका आयोजना नहुने र पर्सी महिला फुटबल प्रतियोगिता हुने पनि आयोजकले जनाएको छ।

आजको प्रतियोगितामा देवीगञ्ज एफसीका खेलाडी मिक्सन दास म्यान अफ दि म्याच घोषित भए । उनलाई शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले नगद २ हजार सहित मेडल तथा ट्रफी प्रदान गर्नुभएको थियो।

खेलका अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्षहरू क्रमश: नैना साम्पाङ राई, , जीवन खतिवडा, नगर खेलकुद विकास समितिका संयोजक दीपक राई, समाजसेवी सञ्जीव गिरी, वडा सदस्य चन्द्र कुमार राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सञ्चारकर्मी तथा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here