श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

0
21

झापा ।

झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–२ सुकेडाँगी निवासी ३५ वर्षीय कविराज हेमरमले आफ्नै श्रीमती ३४ वर्षीया पूजा हेमरममाथि खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार शनिबारराति अन्दाजी ११ः२० बजेको समयमा कविराजले झैझगडा पश्चात् आफू सुत्ने कोठामा श्रीमती पूजालाई खुकुरीले घाँटीमा प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका कविराजलाई प्रहरीले सुरुङ्गा सडकबाट नियन्त्रणमा लिएको थियो । भने शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here