भद्रपुरमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला

0
21

झापा ।

झापाको भद्रपुरमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

मृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान ८ः५० बजेको समयमा भद्रपुर नगरपालिका–४ बद्रीगाउस्थित मकैबारीमा निलो रङको हाफ पाइन्ट, कालो भेष्ट र बायाँ हातमा घडी लगाएको, उत्तानो परेको अवस्थामा अन्दाजी ४०–४५ वर्ष उमेर भएको पुरुषको शव फेला परेको हो ।

मृतकको अवस्थामा हेर्दा ४–५ दिनअघि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मकैबारी शव देखिएपछि स्थानीयले महेशपुर प्रहरी चौकीलाई खबर गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगी कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here