झापा, वीरता जेसीजका सन् २००४ का अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्य कारी उपाध्यक्ष हाम्रा अभिभावक जेसीआई सिनेटर विनोद बस्नेतको अकल्पनीय एवम् असामयिक निधनप्रति वीरता जेसीजले दुःख ब्यक्त गरेको छ ।
आइतवार शोक वक्तब्य जारी गर्दै वस्नेतको निधनले वीरता जेसीज परिवार स्तब्ध एवम् मर्माहत भएको जनाउँदै उनको निधनले वीरता जेसीजले मात्र नभई सिंगो समाजले एक कुशल अभिभावक गुमाएको जनाएको छ ।
जेसीजका अध्यक्ष युवराज कुँवर र महासचिव विज्ञानराज पौडेलले संयुक्त रुपमा शोक व्यक्तब्य जारी गर्दै वीरता जेसीजका मार्गदर्शक एवम् अभिभावक वियोगको पीडादायी क्षणमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं भनिएको छ ।
शोकको घडीमा रहनु हुने उहाँकी धर्मपत्नी कोपिला, छोरी विभूति एवम् समस्त बस्नेत परिवारमा शोक स हन गर्ने शक्ति प्राप्त होस् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं शोक वक्तव्यमा उल्लेख छ ।
वीरता जेसीजको आकस्मिक बैठकले पाँच दिनसम्म जेसीज झण्डा आधा झुकाउने, सचिवालयमा १३ दिनसम्म शोक पुस्तिका राख्ने साथै श्रद्धाञ्जलीसभाको आयोजना गर्ने निर्णय गरेको छ । पाँच दिनसम्म वीरता जेसीजले कुनै औपचारिक कार्यक्रम नगर्ने समेत निर्णय गरेको बताइएको छ ।