वाल्मीकि माविका चार जिपिए ल्याउने विद्यार्थी प्रोत्साहन

0
71

पथरीशनिश्चरे।

मोरङको पथरी शनिश्चरे २ मा रहेको बाल्मिकी मेमोरियल आवासीय मा.वि.ले चार जिपिए ल्याउने २८ जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

विद्यालयले आईतवार एक कार्यक्रमको आयोजना गर्दै २०८१ सालको फाईनल परिक्षामा कक्षा ६ देखी १० सम्म “फोर जिपिए” ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद ५ हजार सहित पुरस्कृत गरेको हो । उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका अतिथीहरुले पुरस्कृत गर्नु भयो ।

प्रमुख अतिथी पथरी शनिश्चरे नगरका प्रबक्ता तथा वडा नङ्गवर ८ का वडाध्यक्ष नविन कार्कीले विद्यालयले गरेको मेहेनत घरमा पनि गरे पुरस्कारको हकदार हुने बताउनु भयो । उहाँले भन्नु भयो ६ घण्ट स्कुलमा र १८ घण्टा घरमा हुने बालबालिकालाई अभिभावकले पनि घर ध्यान दिन आग्रह गर्नु भयो । यदि अभिभावकले घरमा विद्यार्थीहरुलाई राम्रो रेखदेख गरे “फोर जिपिए” ल्याएर पुरस्कृत हुने बताउनु भयो ।

विद्यालयले प्रत्येक त्रैमासीक परिक्षामा “फोर जिपिए” ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद ५ हजार पुरस्कृत गर्दै आएको विद्यालय निर्देशक नवल किसोर खनालले बताउनु भयो । शैक्षिक क्षेत्रमा मोरङमै उत्कृष्ट नतिजा ल्याउन सफल बाल्मिकि मा.वि.मा १२ सय माथी विद्यार्थी पठन पाठन गर्दै आएका छन । विद्यालयमा कक्षा १२ सम्म पढाई हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here