माईमा बृहत स्वास्थ्य शिविर सम्पन्न

0
58

विमल दहाल,
इलाम ।

इलामको माई नगरपालिका स्थित माई अस्पतालमा आईतवार बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दानाबारी र सानिमा माई हाइड्रोपावर लिमिटेड माई नगरपाालिकाको संयुक्त आयोजना, माई नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सानिमा माई हाइड्रोपावर लिमिटेडको आर्थिक सहयोगमा शिविर सम्पन्न भएको हो।

स्थानीय ८५ महिला सहित २२४ जना विरामीले सेवा लिएको शिविरलाई आनन्द डाईग्नोष्टिक सेन्टर विर्तामोडका वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आनन्दराज खनाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर मेघना तिवारी, संजीवनी हर्ट हस्पिटल विर्तामोडका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सि.पी. यादव, ठाकुर पोलिक्लिनिक विर्तामोडका वरिष्ठ फिजिसियन विशेषज्ञ डाक्टर पिताम्बर ठाकुर, आर.आर. पोलिक्लिनिक विर्तामोडका वरिष्ठ मधुमेह, थाईराईड, हर्मोन रोग विशेषज्ञ डाक्टर प्रसिद्ध ढकाल, माई अस्पताल इलामका मेडिकल अधिकृतहरु डाक्टर गौतम कुमार झा र डाक्टर शम्भु खर्गाले विशेषज्ञ सेवा प्रदान गर्नु भएको माई नगरपाालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताउनुभयो।

रेडक्रस दानाबारीका सभापति मित्र प्रसाद गौतमको अध्यक्षता, सचिव हरि प्रसाद गुरागाईंको सञ्चालन र सानिमा हाइड्रो पावर लिमिटेडका जनसम्पर्क तथा वातावरण अधिकृत देवराज गुरागाईंको धन्यवाद मन्तव्य सहित सम्पन्न शिविरमा आयोजकले विशेषज्ञ तथा शिविरमा समन्वय र सहयोग गर्ने सवैलाई प्रसंशा पत्र सहित मायाको चिनो प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here