कोशीमा प्रहरीको सक्रियता : दुई दिनमै २० लागूऔषध कारोबारी पक्राउ

0
29

योगेन्द्र योगी
बिराटनगर,

कोशी प्रदेशमा प्रहरीले सक्रियताका कारण दुई दिनमै २० जना लागूऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ। झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट लागूऔषध सहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बुद्धशान्ती गाउँपालिका-३ बुधबारे बजार स्थितबाट इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले सोहि स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देहीको बुटवल नगरपालिका-३ की २५ बर्षीया निर्मला थापालाई ५ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

त्यसैगरी झापाको मेचीनगर-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी २५ वर्षीया सरु राई र २० वर्षीया सुजता राईलाई ब्राउन सुगर ६ सय १० मिलिग्राम सहित पक्राउ गरेको छ । सोहि दिन इलाका प्रहरी कार्यालय गौरीगंजले झापा कमल गाँउपालिका-६ का २९ वर्षीय हरि चन्द्र कार्कीलाई १ ग्राम ४ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ।

यस्तै,लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट धरान उप-महानगरपालिका-१२ का २९ बर्षीय बसन्त तामाङलाई ब्राउन सुगर २ ग्राम ८८ मिलिग्राम र मोरङको सुन्दरहरैचा नगरपालिका-३ का २० बर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका-७ सोमबारे स्थितबाट सोही स्थानका २५ बर्षीय धिरज राईलाई २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसैगरी,बिराटनगर महानगरपालिका-१६ र १७ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारत बाट नेपाल तर्फ आउदै गरेका मोरङ केरावारी गाँउपालिका-७ का ३० वर्षीय प्रेम राई र ४४ वर्षीय नबिन चेम्जोङलाई ब्राउन सुगर ४ ग्राम ५० मिलिग्राम सहित र झापा दमक-५ की २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझीलाई प्रतिबन्धित औषधी-३६ एम्पुल सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

यसका साथै लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका-७ स्थित २४ बर्षीय संजय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर, गाँजा १८ ग्राम र नगद ७० हजार रुपैया फेलापारी कारोबारमा संलग्न भोजपुरको भोजपुर नगरपालिका-७ का १९ बर्षीय मौसम राई, भोजपुर-९ का २० बर्षीय रेन्जि शेर्पा लाई पक्राउ गरेको छ।

यस्तै,भोजपुर-५ का २० बर्षीय संगित राई , भोजपुर-७ का २० बर्षीय युकेश राई, १९ बर्षीय उचित राई, भोजपुर-६ का २९ बर्षीय दिपेश राई र भोजपुर-१२ कोट डाडाँका २२ वर्षीय संजिव श्रेष्ठलाई प्रतिबन्धित औषधी- ट्रमाडोल र स्पासपेन गरी २५२ चक्की सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here