साउदीमा ४६९ नेपाली अलपत्र : दूतावासका कर्मचारीको आर्थिकमै ध्यान !

0
26

योगेन्द्र योगी
बिराटनगर,

कतिपय नेपाली धमाधम बिरामी पर्न थाले

आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका ४६९ नेपाली अलपत्र परेका छन्। साउदीको जुबेल सहरमा रहेको सेन्डन इन्टरनेशनल कम्पनी लिमिटेड नामक कम्पनी बन्द भएपछि उनीहरु अलपत्र परेका हुन्।

नेपाली जनप्रगतिशील मञ्च साउदी अरबका अध्यक्ष रामचन्द्र वाग्लेले दिएको जानकारी अनुसार पहिला कम्पनी राम्रै भएको र पाकिस्तानी नागरिकले व्यवस्थापनको कारण अचानक कम्पनी बन्द भएको कारण उनीहरु अलपत्र परेको बताए।

‘उनीहरुको अचानक कम्पनी बन्द भएपछि समस्यामा परेका हुन्,अध्यक्ष वाग्लेले भने,’ घर फर्काउन पहल थालेका छौ, यहाँको झन्जटिलो कानुनी प्राभधानले गर्दा समस्या भएको छ रियाद स्थित नेपाली दूतावासलाई झक्झक्यौदै छौ।’

पीडितहरूले आफूआबद्ध संगठनमा उद्धारको लागि आह्वान गरे लगत्तै दूतावास र सम्बन्धित कम्पनीमा खबर गरी अलपत्र परेका परेका नेपालीहरूको आवासमा पुगेको र उनीहरूको अवस्था चिन्तित रहेको उनले बताए। साथै अलपत्र ४६९ नेपाली मध्ये कतिपय नेपालीहरू बिरामी पर्न थालेको बताए।

बिरामीहरु औषधी नपाएर छटपटाउन नपरोस् भनेर जनप्रगतिशील मञ्चले संगठनको तर्फबाट केही औषधीको व्यवस्थापन गरेर पठाएको जनाएको छ। दूतावासका कर्मचारी आर्थिक कहाँ आउँछ त्यता ध्यान दिन्छन श्रमिक को समस्या कस्ले बुझ्ने ? धेरै श्रमिक भएको कारण उद्धारमा समस्या भएको बताउदै उनले कोहि साउदीमै अर्को कम्पनीमा जान चाहेको खण्डमा त्यो पनि अफर रहेको बताए।

अलपत्र परेका नेपालीहरूको उद्धारमा दूतावास लगायत सम्बन्धित निकायले ढिलाई गरेकोमा दुखेसो समेत व्यक्त गरेका छन् भने अलपत्र परेका नेपालीहरूको उद्धारको लागि सांसदमा समेत कुरा उठेको छ । उता, दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीले पनि अचानक कम्पनी बन्द भएर उनीहरु अलपत्र परेको,ती मध्ये धेरै नेपाली घर फर्कन चाहेको र केहि साथीहरु अरु कुनै राम्रो कम्पनी पाए काम गर्ने भन्ने कुरा आएको बताए।

साउदीमा कामदार भिसामा आउने सबै देशका आप्रवासीलाई आफ्नो देश फर्कन एक्जिट भिसा चाहिने बताउदै श्रम काउन्सेलर उप्रेतीले साउदीको इकामा भ्यालिट भएमा कम्पनीले निकास दिन सकने अवस्था हुनेर म्याद समाप्त भएको खण्डमा साउदी सरकारको लेबर अफिसले एक्जिट भिसा दिने प्रावधान रहको बताए।

‘इकामा भ्यालिट हुने साथीहारु फिर्ता भईसकेको, म्याद सकिने साथीहारुको विवरण सहित श्रम कार्यालयमा पठाईसकेका छौ,उनले भने,’अहिले साउदी सरकारको देशै भरी “एक्जिट भिसा’ जारी गर्ने अनलाईन सिस्टम अपडेट गर्ने क्रम्मा रमजान पछि एक्जिट भिसा जारी हुन् नसकेकोले उनीहरु नेपाल फिर्ता हुन पाएका छैनन्।’

दूतावासले लेवर हेड अफिस रियादमा भेटवार्ता गरिसकेका छौ,चांडै समस्या समाधान हुने बिश्वास छ,उनले थपे।’ एक्जिट हुन् चाहने सबै नेपालीको डिटेल श्रम मन्त्रालयमा पठाइसकेकाले अब धेरै समय नलाग्ने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here