मोरङ।
मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डागीमा करेन्ट लागेर दुई जना बृद्धाको मृत्यु भएको छ ।
छिमेकीको बिवाहमा गएका ७३ बर्षीया सूर्य् देवी गनगाइ र ७० बर्षीया रामुदेवी गनगाई बासमा बाधेको माइक हावाहुरीका कारण ढली हाइ टेन्सन लाइनमा छोएर बिद्युत प्रवाह हुँदा करेन्ट लागेर घाईते भएका थिए ।
घाईते दुबैजनाको उपचारको क्रममा रंगेली अस्पताल मोरङमा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट आवश्यक कानूनी प्रकृया भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।