हुण्डीमार्फत कारोबार गरेको आरोपमा झापाबाट सात जना पक्राउ

0
164

झापा ।

हुण्डीमार्फत अवैध वित्तीय कारोबार गरेको आरोपमा झापाबाट सात जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो अन्वेषण ब्युरो (सीआईबी)को टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनीहरूलाई मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी बजारबाट बुधबार पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेहरू कविस मारु, अनुज मारु, निर्मल राई, दीपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल, सुनिल राई रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूमध्ये केही धुलाबारीका ठुला व्यापारी हुन् । उनीहरूले अवैध रुपमा अरबौँ रकम कारोबारी गरेको जनाइएको छ ।

पक्राउ पर्नेहरू भन्सार छली, अवैध सुन तथा हुण्डी कारोबारीमा संलग्न भएको आशंका गरिएपनि सीआईबीले यस बारेमा केही बताएको छैन । सीआईबीका इन्स्पेक्टरसहितको टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि आजै काठमाडौँ लगिसकेको छ ।

यसअघि दुई साताअघि सीआईबीले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई ११ जिल्लाबाट पक्राउ गरेको थियो । उनीहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको खुल्न आएको थियो । ती व्यक्तिहरुसंग धुलाबारीमा पक्राउ परेकाहरुको सम्बन्ध रहेको आशंका गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here