सन्नीको नयाँ चाहना पूरा

१६ असार २०७२, बुधबार मा प्रकाशित

 

पोर्न स्टारको छविका कारण सन्नी लियोनीसँग बलिउड कलाकार काम गर्न त्यती रुचाउँदैनन् । तर, सन्नी भने, बलिउडका स्टार कलाकारसँग काम गर्न चाहन्छिन् ।
उनको यो चाहना नितान्त नयाँ हो जो पुरा हुँदैछ । अक्षय कुमारसँग काम गर्ने सन्नीको ठूलो चाहना थियो । जून अब पूरा हुँदैछ । उनले अक्षय कुमारको नयाँ फिल्म ‘सिंह इज ब्लिङ’मा अक्षयसँग काम गर्ने मौका पाएकी हुन् ।

sunny-leonee
सन्नी लियोनी यतिबेला गोवामा सिरियलको सुटिङ गरिरहेकी थिइन् । त्यही अक्षय कुमारको टोली पनि सुटिङ गरिरहेको थियो । टोली केमियोका लागि कुनै नाम चलेको अनुहारको खोजीमा थियो । गोवामै सन्नी लियोनीको सुटिङ चलिरहेको थाहा पाएपछि ‘सिंह इज ब्लिङ’ टोलीले सन्नीलाई अक्षय कुमारसँग केमियोका लागि आग्रह ग¥यो ।
सन्नीसँग समय त थिएन तर आफूले काम गर्न चाहेको हिरोसँग स्क्रिन सेयर गर्ने मौका उनी चुकाउन चाहान्नथीन् । उनले टेलिफिल्मको टोलीलाई एकदिन सुटिङ नगरिदिन आग्रह गरिन् र अक्षयका लागि समय निकालिन् । अक्षयसँग काम गर्न पाएकोमा सन्नी यति धेरै खुशी भइ्न कि उनले ट्वीट गरेर आफ्नो चाहाना पूरा भएको र अक्षयसँग फिल्म खेल्नु आफ्ना लागि नयाँ सुरुवात भएको बताइन् । एजेन्सी

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here