झापा, संयुक्त पहिचानवादी मोर्चाले १५ सदस्यीय सचिवालय समिति गठन गरेको छ । मोर्चाको बिर्तामोडमा सम्पन्न बैठकले एलवी पालुङ्वाको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समिति गठन गरेको हो ।
गठित समितिको सदस्यहरुमा भवानीविक्रम सेलिङ , कालीबहादुर खेबाङ, नीरबहादुर राई, हरिनारायण चौधरी, प्रमेश थापा, थीरबहादुर खवास,संगम खनाल, दिनेशमाबो किराती, सुनिता लामा सुहाङ, चन्द्र मगर, पदम लिम्बू, तेजबहादुर योङहाङ, गंगा दुलाल र चुडाकर्ण बेघा रहेका छन् ।
मोर्चाको बैठकले आर्थिक विभागको जिम्वेवारी चुडा कर्ण वेघालाई प्रदान गरेको छ । पदाधिकारीलाई अनिवार्य आर्थिक दायित्व (लेवी ) तीन सय र सदस्यलाई एक सय रुपैयाँ कायम गरिएको छ ।
मोर्चाले झापा जिल्लाको सबै पालिका (१५ वटै) र वडा स्तरसम्म संगठन विस्तार तत्काल गर्ने निर्णय लिएको छ । मोर्चाको संगठन निर्माणको लागि मेची, अर्जुनधारा बिर्तामोड,र दमक नगरपालिकाको लागि जिम्मेवारी समेत तोकिएको छ । बाँकी पालिकाहरुमा सचिवालयको बैठक मार्फत् सम्बन्धित पालिकाको मोर्चाको नेतृत्वहरु सँग परामर्श गरेर तत्काल जिम्मेवारी तोकिने बताइएको छ । मोर्चाले संगठन विस्तार र प्रशिक्षणलाई तीब्रता दिने भएको छ ।
त्यसैगरी मुकुम्लुङ र नो कोशी आन्दोलन लगायतका पहिचानका आदोलनहरुमा संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला सक्रिय तथा शसक्त ढंगले सहभागिता हुने भएको छ । झापा जिल्लाको हकमा आन्दोलनलाई जनस्तर सम्म पुर्याउने भूमिका खेल्ने निर्णय गरेको छ ।