बिर्तामोड ।
झापाको बिर्तामोडमा लागूऔषध तथा र्दुव्यसनी न्यूनिकरण सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका–३ को आर्थिक सहयोगमा महिला मुक्ति अभियानले आज बिर्ताबजारस्थित महेन्द्र रत्न माविमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल, वडासदस्य हरि बाँस्कोटा लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक श्रेष्ठले लाागूऔषध तथा र्दुव्यसनी न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिएका थिए । उनले कक्षा ११ विद्यार्थीलाई लागूऔषधले पार्ने प्रभाव र त्यसका असरका विषयमा प्रकाश पारेका थिए । उनले लागूऔषध प्रयोग गर्दा तथा कारोबारीलाई हुने दण्ड सजायका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष बुढाथोकीले लागूऔषध नियन्त्रणका लागि समाजमा सबैले हातेमालो गर्नुपर्ने विचार ब्यक्त गरे । उनले पछिल्लो समय झापामा लागूऔषधको प्रयोग बढेको भन्दै समाज परिर्वतनका लागि विद्यार्थी, अभिभावक मात्र नभई समाजका सबै पक्ष एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा वडासदस्य बाँस्कोटा लगायतले बोलेका थिए । सोही अवसरमा लिम्बू भाषाको संस्कृतिको आधारमा निर्माण गरिएको चलचित्र ‘मिन्जिफुङ’ का निर्माता सावित्रा लिम्बूलाई सम्मान गरिएको थियो । उनी संस्थाकी सल्लाहकार सदस्य समेत रहेकी छिन् ।
कार्यक्रममा संस्थाकी सदस्य टिका चौहानले स्वागत गरेकी थिइन भने औचित्यमाथि प्रकाश काोषध्यक्ष भगवती खरेलले परेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव देबका कुमाल भट्टराईले गरेकी थिइन् ।