संखुवासभा ।
संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाडामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
छिमेकीको घरमा बसिरहेको अवस्थामा पानी सँगै परेको चट्याङले लागेर घाईते भएकी ४२ वर्षीया कल्पना तामाङ, ३१ वर्षीया निर्मला तामाङ, १५ वर्षीय प्रतिक तामाङ र १९ वर्षीय रिजन तामाङलाई उपचारार्थ स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा डाक्टरले चेक जाँचको क्रममा निर्मला तामाङलाई मृत घोषणा गरेको हो ।
घाईते भएका तीन जनालाई थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।