कमलमा विद्यार्थीको स्वास्थ्य परीक्षण

0
19

कमल ।

कमल गाउँपालिका सञ्चालित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तरर्गत बैशाख महिनामा कूल नौ सय ६४ जना विद्यार्थीको स्वास्थ्य परीक्षणका साथै स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गरिएको छ ।

विद्यालय स्वास्थ्य कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको समेत सक्रिय सहयोग रहेको छ । जनप्रतिनिधिहरुले विद्यालय र स्वास्थ्य संस्थाबीच समन्वय गरी कार्यक्रम सफल बनाउन विभिन्न किसिमले सहयोग पु¥याएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउन जनप्रतिनिधिहरुको महत्वपुर्ण भूमिका रहने स्वास्थ्य शाखा प्रमुख बिमल थापाले बताए । विद्यालय स्वास्थ्य कार्यक्रमले विद्यार्थीहरूलाई नियमित स्वास्थ्य परीक्षण, रोग पहिचान, पोषण सम्बन्धी परामर्श, सरसफाई र रोग नियन्त्रणका उपायका बारे सचेतना प्रदान गर्दै आएको छ ।

स्वास्थ्यकर्मीहरुले विद्यालयका विद्यार्थीहरु माझ स्वास्थ्य समस्या पहिचान गरी समयमै उचित उपचार र परामर्श उपलब्ध गराउने कार्यमा गाउँपालिका मातहत रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रमले कमल गाउँपालिकाभित्र सञ्चालनमा रहेका विद्यालय तहका बालबालिकाको स्वस्थ्य सुधारमा सकारात्क प्रभाव परेकोले आगामी महिनाहरुमा समेत विद्यालय स्वास्थ्य कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here