बिर्तामोड ।
वैदेशिक रोजगार व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिलाई पूर्वाञ्चल दैनिकले सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
सोमबार बिर्तामोडमा आयोजित सम्मान वितरण तथा सपथ ग्रहण कार्यक्रममा पूर्वाञ्चल दैनिकले सम्मान प्रदान गरेको हो । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालले संघका अध्यक्ष धनबहादुर पन्धानसहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा पहि¥याएर सम्मान एवम बधाई ज्ञापन गरेका थिए ।
बैशाख २७ गते भएको निर्वाचनबाट अध्यक्षमा पुनः पन्धाक निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै प्रथम उपाध्यक्षमा राजन सिलवाल, द्वितीय उपाध्यक्षमा प्रकाश राई, सचिव निरकुमार खत्री निर्वाचित भएका थिए भने सहसचिवमा सरिता बराल यसअघि नै सर्वसम्मत भएकी थिइन् । त्यस्तै कोषाध्यक्षमा कृष्ण खतिवडा निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा ओमप्रकाश भट्टराई, कृष्णमाया तामाङ कुसुम, टंक सिटौला, देवेन्द्रप्रसाद प्रसाईं, पुष्पराज प्रसाईं, प्रेम निरौला, राजेन्द्र पौडेल, लुमनकुमारी निरौला निर्वाचित भए । त्यसैगरी हितेष अग्रवाल र दुर्गादेवी सुब्बा लिम्बूको बराबर मत प्राप्त भएसँगै आधा–आधा कार्यकाल रहने गरी निर्वाचन भएका थिए ।
पूर्वाञ्चल दैनिकका व्यवस्थापक ढकालले नवनिर्वाचित टिमलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रसँगको सहकार्यमा जोड दिए । ढकालले रेमिट्यान्स मार्फत मुलुकको अर्थतन्त्रमा मुख्य टेवा पु¥याउन वैदेशिक रोजगार व्यवसायीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
केही व्यवसायी र एजेन्टको कमजोरीले समग्र व्यवसायी बद्नाम भइरहेको भन्दै ढकालले सुरक्षित, भरपर्दो, मर्यादित व्यवसायमा जोड दिए । यसका लागि संघले अभिभावकीय भूमिका निर्वाह गर्नसक्ने ढकालको भनाइ थियो ।
कार्यक्रममा पूर्वाञ्चलका बजार व्यवस्थापक लीला आचार्य, संवाददाता गोपाल अधिकारीको सहभागिता रहेको थियो ।