बलिउडका हिरोइनलाई वेश्या बन्ने लहर

0
527

kareena-kapoor

मुम्बई । पछिल्लो समय बलिउडका हिरोइन वेश्या बन्ने लहर नै छ । केही समय अघि मात्रै सलमान खानको चलचित्रमा काम गरेकी हिरोइन् होटलबाट वेश्यावृतिमा संलग्न भएको अवस्थामा रंगे हात पक्राउ परेकी थिईन् ।

त्यसको लगत्तै जोन अब्राहमको चलचित्रकी नायिका पनि सेक्स रकेटबाटै रंगेहात समातिएकी थिईन् । यी त रियल लाईफ मै वेश्या बनेका हिरोइनका उदाहरण । तर, बलिउडमा रिल लाइफमा पनि हिरोइन वेश्या बन्ने गरेका छन् ।

यस्तैमा एउटा चर्चित हिरोइन हुन् करिना कपुर । जो यसअघि पनि रिल लाइफमा वेश्या बनिसकेकी छिन् । र अहिले पनि वेश्या बन्ने तयारीमा छिन् । यसअघि फिल्म चमेली र तलाशमा उनी बेश्याको भुमिकामा देखिएकी थिईन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार राजकुमार गुप्ताको नयाँ फिल्ममा हिरोइन करिना बेश्याको भुमिकामा देखिन लागेकी छिन् । यो फिल्ममा उनको बेश्याको भुमिका एकदमै फरक रहने बताइएको छ ।

फिल्ममा उनी एक मानसिक रोगीको रुपमा देखिनेछन । फिल्मको नाम खुलाइएको छैन । यसरी हिरोइन रिल होस् रियल लाइफमा वेश्या बन्दा बलिउडको फिल्मी बजार बदनाम हुने गरेको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here