लागूऔषध कारोबारी पक्राउ

0
34

झापा, झापाको कन्काई नगरपालिकामा दुई लागूऔषध कारोबारी पक्राउ परेका छन् ।


कनकाई नगरपालिका वडा नं। ४ इलुवाबारीमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको स्वीप अपरेशन टोलीले गोप्य सूचनाको आधारमा सोही ठाउँ बस्ने ५० वर्षीय चन्द्रकुमार चौधरी र २४ वर्षीय संजय चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्लास्टिकसहित २९० मिलिग्राम ब्राउनसुगर , अन्दाजी १० ग्राम गाँजा र विभिन्न कम्पनीका ८ थान मोबाईल बरामद भएको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here