फिदिममा घरको छतबाट लडेर एक जनाको मृत्यु

0
23

पाँचथर ।

पाँचथरको फिदिममा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।

पाँचथर फिदिम नगरपालिका – १ शनिबारेमा रहेको शान्तवीर तामाङको घरको तीनतला माथि बार्दलीबाट अचानक लडेर ५७ वर्षीय आइतराज केरुङको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका केरुङलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा ल्याई चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

पाँचथर फालेलुङ –३ मेमेङ घर भई हाल उनी फिदिम –२ पल्लोटारस्थित लीला भण्डारीको घरमा डेरा गरी बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here