झापाका बालकलाई इङ्ग्ल्याण्डमा फुटबल प्रशिक्षणको अवसर

0
668

 

झापाका १३ वर्षीय एक बालकले इंग्ल्याण्डको विश्वप्रसिद्ध फुटबल एकाडेमी मेन्चेस्टर युनाइटेड एकाडेमीमा फुटबल प्रशिक्षण लिने अवसर पाएका छन् ।

football copy
झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरका १३ वर्षीय डेनियल डेविड कटुवालले उक्त अवसर पाएका हुन् । उनी त्यो अवसरसँगै अन्तर्राष्ट्रिय फुटबल एकाडेमीमा प्रशिक्षण लिने पहिलो झापाली बनेका छन् । आगामी असार २० ( जुलाई ५) देखि उनले फुटबलको प्रशिक्षण लिने बताइएको छ । उनीसँगै उनका पिता अन्तर्राष्ट्रिय स्तरका नेपालका चर्चित हेयरस्टाइलिस निलडेविड कटुवालसमेत जाने भएका छन् ।
भविष्यमा उत्कृष्ट फुटबल खेलाडी बनेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सपना बोकेर अघि बढेका उनले त्यो सपना पूरा गर्न आफू इंग्ल्याण्डको मेन्चेस्टरमा फुटबल तालिम लिन जान लागेको बताए ।
यस अघि उनले थाइल्याण्डको बैंककस्थित आइ प्ले सक एकाडेमी इंग्लीस प्रिमियर लिगमा दुई महिना ब्रिटिस कोच केभिनबाट प्रशिक्षण लिएका थिए । हाल उनी काठमाडौंको नेशनल फुटबल एकाडेमीमा बरिष्ठ फुटबल प्रशिक्षक राजु शाक्यसँग समेत प्रशिक्षण लिइरहेका छन् । आगामी पुस महिनामा इटलीको फुटबल एकाडेमीमा एक महिना फुटबल प्रशिक्षणका लागि जाने तयारीमा रहेको डेनियलले बताए । आफूमा भएको दक्षता र सिपलाई निखारेर दक्ष फुटबल खेलाडी बन्ने उद्देश्यले उक्त प्रशिक्षण लिन जान लागेको उनले बताए ।
‘हुने विरुवाको चिल्लो पात भने झैं’ डेनियलले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गतको फुटबल खेललाई समेत अघि बढाउँदैछन् । आफ्ना पिता निल डेविड कटुवाल तथा अभिभावक कृष्णबहादुर कटुवाल, तुलसा कटुवाल र बेलायती नागरिक डेबिड भाइनललाई प्रेरणाको श्रोत मान्ने डेनियलले अग्रजहरुले देखाएको बाटोलाई पहिल्याउँदै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन लागीपरेको बताए । पिता निलडेविडले छोराको फुटबलप्रतिको क्रेजलाई अघि बढाउन कुनै कसर बाँकी नराख्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here