झापा,
झापामा जबरजस्ती करणी र चोरी मुद्दाका एक फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-११ बस्ने ३२ वर्षीय प्रदीप राई रहेका छन् । तत्कालीन पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसला अनुसार जबरजस्ती करणी र चोरी मुद्दामा १० वर्ष कैद तथा पीडितलाई १ लाख क्षतिपूर्ति भराउनु पर्ने फैसला भई राई फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा पाँचथरको फिदिमबाट उनलाई पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।