बिर्तामोड।
बहुउद्देश्यीय लक्ष्य राखेर नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार बहुउद्देश्यीयका साथ स्थापना गरेको अक्षयकोषमा रकम जुट्ने क्रम जारी छ ।
संस्थाले दोस्रो पटक राखेको लक्ष्य पूरा गरेपनि कोषलाई एक करोड पुर्याउनुपर्ने सुझावसहित दाता महानुभावबाट रकम प्रदान गर्ने क्रम जारी रहेको हो । कोषलाई बृद्धि गर्दै लैजानुपर्ने सुझावसहित जेठ ४ गते बुद्धशान्ति १ का बालक आयुस आरोहि रिजालले सहयोग रकम प्रदान गरेका छन् ।
१० वर्षीय आयुसले जन्मोत्सवको अवसर पारेर आफ्नो र बहिनीका नाममा सातहजार पाँचसय रुपैयाँ प्रदान गरेको संस्थामी अक्षयकोष बृद्धि तथा परिचालन समिति संयोजक जोस्ना श्रेष्ठलाई रकम हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा संयोजक श्रेष्ठले रिजाललाई जन्मोत्सवमा राम्रो पढ्न र असल मान्छे बन्न शुभकामना व्यक्त उज्ज्वल भविष्यको कामना गरिन् । २०७५ सालमा स्थापना भएको अक्षयकोष हाल २०८१ सालको चैत मसान्तमा ५० लाख पाँचहजार रुपैयाँ एकमुष्ठ राखेको जानकारी दिइन् ।