झापा, जर्मनीमा हुने अन्तराष्ट्रिय अपाङ्गता सम्मेलनमा हवाई टिकट, टर्कीको ट्राजिट भिषा र होटल बुकिङ गरी दिन्छु भन्दै ठगी गर्ने एक व्यक्रि पक्राउ परेका छन् ।
गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक रहेका २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं २६ लैनचौरका कार्कीले ४ लाख ३० हजार रकम ठगी गरेको जनाइएको छ । उनी वैंकिङ कसुर मुद्धामा समेत फरार अभियुक्तको सूचिमा रहेको प्रहरीले जनाएको छ ।
हिसी शेर्पाको सात लाख ५० हजार, र राजीव तामाङको ६ लाख रुपैयाँको वैंकिङ कसुर मुद्धामा कार्की फरार रहेको जनाइएको छ । उनलाई सोमवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।