झापा, वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया लैजाने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी इनरुवा ७ घर भई हाल कागेश्वरी काठमाडौ बस्तै आएका ३२ वर्षीय रमेश कुमार यादव रहेका छन् ।
उनले वेरोजगार युवालाई आकर्षक तलवको प्रलोभनमा पारी दक्षिण कोरी पठाउने वहानामा ठगी गर्ने गरेको र उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।
यता प्रकाश कटुवालको जाहेरीको आधामा वैंकिङ कसुरमा सुजन घिसिङ पक्राउ परेका छन् । रामेछाप सुनापती १ घर भएका उनी जोरपाटीबाट पक्राउ परेका हुन् ।
२८ लाख ५० हजार वैकिङ कसुरमा उनी पक्राउ परेको बताइएको छ ।