ताप्लेजुङ,
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेकी ५१ वर्षिया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ ।
मेहेलेस्थित फावाखोला तर्ने क्रममा खोलाले बगाएर लिङ्देनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव बगेर बेपत्ता भएको ठाउँदेखि करिब १५० मिटर टाढा फेला परेको हो ।
खोलाले बगाएपछि सिदिङ्वा–६ का वडाध्यक्ष रत्नकुमार लिङ्देनले इलाका प्रहरी कार्यालय तेल्लोकमा खोजी गर्न खबर गरेका थिए । प्रहरी चौकी साब्लाखुको टोलीले लिङ्देनको शव फेला पारेको हो ।