बिर्तामोड ।
पूर्वाञ्चल दैनिकका स्तम्भकार सुरेश खतिवडालाई मातृशोक परेको छ ।
उनकी आमा रेनुका खतिवडाको ७६ वर्षको उमेरमा बिहीबार निधन भएको हो । वि.सं. २००६ साल फागुन ६ गते भुटानको तुङसुङमा आमा मनमाया र बुबा नन्दलाल अधिकारीको कोखबाट जन्मिएकी रेनुकाको बुद्धशान्ति गाउँपालिका–५ शान्तिनगर निवासी लोकनाथ खतिवडासंग विवाह भएको थियो ।
उनका तीनछोरा र तीन जान छोरीहरु रहेका छन् । एक छोरी प्रमिलाको निधन भइसकेको जनाइएको छ । छोराबुहारीमा डिल्लीराम–बुद्धिमता, सुरेश–ंसरिता, सुरज–दिपा तथा छोरीज्वाईहरु हेमन्ता–अर्जुन बराल र सुसन–ं पुष्पराज घिमिरे रहेका छन् । १० जना नातिनातिना तथा एक जना पनाति रहेका छन् ।
रेनुका लामो समयदेखि मस्तिष्कघातबाट ग्रसित रहेपनि पछिल्लो समय सुधार हुदै आएको थियो तर, अचानक ह्रदयघात भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि आमाको उपचारकै क्रममा निधन भएको छोरा सुरेशले जानकारी दिए । आमाको बिहीबार नै अन्तिमसंस्कार गरिएको छ ।
स्व. रेनुकाले मृत्युपरन्त आँखादान गर्ने घोषणा गरेकी थिइन् । सोही अनुरुप मेची आँखा अस्पतालका नानी संकलन केन्द्रका इन्चार्ज पुष्पप्रसाद अधिकारीको टीमले घरमै गएर आँखाको नानी संकलन गरेको बताइएको छ । उक्त आँखाको नानी दुई जना दृष्टि बिहीनलाई शुक्रबार नै प्रत्यारोपण गर्ने आँखा अस्पतालका कोर्निया विशेषज्ञ डा.इशा विष्टले जानकारी दिइन् ।
शान्तिनगरमा नबोल्ने ‘बा’ को नामबाट परिचित स्व.लोकनाथ खतिवडाको २०७५ सालमा नै निधन भएको थियो । स्वास्थ्यकर्मी समेत रहेका सुरेशले पूर्वाञ्चल दैनिक तथा पूर्वाञ्चल डेली डटकममा स्वास्थ्यसंग सम्बन्धित लेखहरु लेख्ने गरेका छन् । आमाको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै खतिवडा परिवारमा शोक सहन गर्ने शक्ति मिलोस भन्दै पूर्वाञ्चल दैनिक परिवारले समवेदना प्रकट गरेको छ ।