गौरादहमा हलो, जुवा र कोदालोसहित चक्क जामजाम गर्न निस्किए किसान

0
14

झापा।

मल र बिऊ माग गर्दै झापाको गौरादहमा किसानले एक घण्टा चक्का जाम गरेका छन् ।

उनीहरु कृषिसंग सम्बन्धित विभिन्न माग राखेर सडकमा चक्काजाम गर्न निस्किएका थिए । शनिबार बिहान ७ देखि ८ बजेसम्म गौरादह नगरपालिका –८, चन्दन चोकस्थित पाडाजुँगी–गौरीगंज सडकखण्डमा जोरपल उच्च कृषक समूहको आयोजनामा कृषकहरुले एक घण्टा चक्काजाम गरेका हुन् ।

जोरपल कृषक समूहका अध्यक्ष इन्द्र पोखरेलको नेतृत्वमा किसानहरु चक्काजाम गर्न निस्किएका हुन् । सरकारले तोकेको मूल्य पाउनुपर्ने, मल, बीउ, विषादी समयमा पाउनुपर्ने, ट्रयाक्टर जोताई दररेट कम हुनु पर्ने र कृषि सिँचाई महशुल पुरै छुट हुनु पर्ने लगायतका माग राखेर उनीहरुले चक्काजाम गरेका हुन् ।

हातमा हलो जुवा, कोदालो र विभिन्न माग लेखिएको प्लेकार्डसहित चक्काजाम गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here