बजेट : प्राथमिकतामा दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला,अन्य के के ?

0
25

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएको छ जसमा झापाका योजनाहरू प्राथमिकता भएका छन्।
बजेटले विराटनगर विमानस्थलको धावनमार्ग विस्तार नगरेर भद्रपुर विमानस्थलको विस्तारमा ध्यान दिएको छ।
बजेटमा दमकमा नयाँ रंगशाला, पूर्वपश्चिम राजमार्गको विस्तार र पेट्रोलियम पाइपलाइन निर्माण समेटिएको छ।
१५ जेठ, विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याएको बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नयाँ रंगशाला निर्माणदेखि विमानस्थल विस्तारसम्मका योजना समेटिएका छन् ।विराटनगरको निजी क्षेत्रलाई विराटनगर विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउनका लागि धावनमार्ग विस्तार गर्न माग गरिरहेको छ ।पटकपटक निजी क्षेत्रले संघीय सरकारको ध्यानाकर्षण पनि गराएका छन् । तर यो पटक पनि बजेटले विराटनगर विमानस्थललाई सम्बोधन गरेन । बरु झापाको भद्रपुर विमानस्थललाई सम्बोधन गरेको छ । भद्रपुर विमानस्थल विस्तारका लागि बजेट छुट्याइएको छ ।

बजेटमा दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला निर्माण गर्ने भनिएको छ । यो रंगशाला निर्माणस्थल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्छ ।बजेटमा पूर्वपश्चिम राजमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म विस्तारलाई सम्बोधन गरेको छ ।

पूर्वपश्चिम रेलमार्ग निर्माणबाट भने सरकार पछि हटेको छ । काँकडभिट्टा–इनरुवासम्मको खण्डमा रोक्का राखिएको जग्गा भने फुकुवा भएको छ ।

झापाको केचना–पाथीभरासम्म पदमार्गले पनि बजेटमा प्राथमिकता पाएको छ । झापामा पेट्रोलिम पाइपलाइन निर्माण पनि बजेटमा समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here