सवारी दुर्घटनामा एक जनाको मृत्यु

0
25

सुनसरी ।

सुनसरीको इनरुवा नगरपालिका–७ स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

प्रदेश १–०२–००१ ख ८०५४ नम्वरको सेफ्टी ट्याङ्की सफा गर्ने ट्याङ्करले विपरित दिशाबाट आउदै को ३२ प १३९२ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल पछाडी सवार दुहवी नगरपालिका–११ का ४८ बर्षीय देवनारायण उरावलाई उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्यािउनासाथ उनको मृत्यु भएको थियो ।

र्दुघटनामा मोटरसाईकल चालक सोही स्थानका २३ बर्षीय मनिरत्न चौधरीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न ट्याङ्कर र चालक इनरुवा–२ का लस्कर अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here