नेपालमै पहिलोपटक पूर्वाञ्चल एकेडेमीमा पूर्ण डिजिटल प्रविधिबाट विद्यालय निर्वाचन सम्पन्न

0
61

बिराटनगर,

मोरङको सुन्दरहरैंचा-०६ मा रहेको पूर्वाञ्चल एकेडेमीले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक पूर्ण रूपमा डिजिटल प्रणाली अपनाएर विद्यालय निर्वाचन सम्पन्न गर्दै गौरवपूर्वक उदाहरण स्थापित गरेको छ ।

विद्यालयले नयाँ प्रविधि र पारदर्शी अभ्यासलाई समेट्दै, सम्पूर्ण निर्वाचन प्रक्रिया फोटोसहितको मतदाता परिचयपत्र प्रयोग गरी मतदान गरेको प्रधानाध्यापक दिपेन राईले जानकारी दिए।

विद्यार्थीहरूको व्यक्तिगत स्टुडेन्ट आइडी नम्बर र फोटोसहितको आइडी कार्डबाट मतदान प्रणालीमा लगइन गरेर, स्मार्टबोर्डमा उम्मेदवारको चिन्हमा ट्याप गरी मतदान गर्ने प्रविधि अपनाइएको प्रधानाध्यापक राईले बताए ।

मत गणना पूर्णतः स्वचालित प्रणालीमार्फत र नतिजा प्रत्यक्ष रूपमा डिस्प्ले गरिएको थियो। ९५ प्रतिशत विद्यार्थीले मत खसालेर आफूमा रहेको मतदान अधिकार प्रयोग गरेका थिए, जुन विद्यार्थीहरूको राजनीतिक चेतना र प्रविधिसँगको सामीप्यता देखाएका थिए।

निर्वाचन अधिकृत माधव ढकालका अनुसार, निर्वाचनको नतिजा आउँदो आइतबार (जेष्ठ १९ गते) प्रकाशित गरिने छ भने सोही दिन नवनिर्वाचित विद्यार्थी प्रतिनिधिहरूको शपथग्रहण समारोह पनि भव्य रूपमा आयोजना गरिनेछ।

एकेडेमीले नेपालमा पहिलो पटक यस्तो डिजिटल मतदान प्रणाली लागू गर्दै शिक्षामा प्रविधि र लोकतन्त्रको अभ्यासलाई एकसाथ अघि सारेको छ। यस अभ्यासले विद्यालय क्षेत्रमै डिजिटल साक्षरता, नेतृत्व विकास र पारदर्शी प्रणालीको उत्कृष्ट नमूना प्रस्तुत गरेको छ।

क्याप्टेन पद – ४ , ओपन भाइस क्याप्टेन ६ र छात्रा आरक्षित भाइस क्याप्टेन – ३ जना गरी जम्मा ३ पदको लागि १३ जना चुनाबी मैदानमा उत्रिएका थिए । कक्षा ४ देखि १० सम्मका ४६४ मतदाता भएको ४४२ जनाले मतदान गरेका थिए। कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालबहादुर खरेल र विद्यालयका प्रधानाध्यापक दिपेन राईले संयुक्त रूपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here