झापा, कनकाई माईको भंगालो पस्ता झापा गाउँपालिकाको वस्ती डुवानमा परेका छन् । वर्षा शुरु नहुँदै माई खोलामा पानीको वहाव बढेर झापा गाउँपालिकाको बस्तीमा पसेको हो । झापा गाउँपालिकाको वडा नं २ सुगाबथान , कुवारी , मिलनबस्तीलगायतका मानव बस्तीमा पानी पसेको हो ।
त्यहाँ करिव एक फुट पानी पसेको हाम्रा संवाददाता बरतलाल राजवंशीले जनाएका छन् । घरघरमा पानी पसेपछि मानिसहरु घर छोडेर बाटोमा भेला हुन थालेका छन् ।बाढीले किसानहरुको मकैबालीमा ठूलो क्षति गरेको छ ।