झापा, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामको सोक्टिम चिया स्टेसनमा २१६ मिलिमिटर वर्षा भएको छ ।यस्तै इलामकै बारपाङ स्टेसनमा २०८.२ मिलिमिटर वर्षा मापन भएको छ ।
झापाको शनिश्चरेमा २०८.६ मिलिमिटर वर्षा भएको छ । सप्तकोशी चतरामा १२८.४ र धरानबजारमा १३४.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । त्यस्तै कन्काइ १२३।६ मिलिमिटर वर्षा भएको छ । महशाशखाका अनुसार इलाम र झापामा अति भारी भएको छ ।
१० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०/५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०/१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षाको रुपमा मापन गरिने महाशाखाले जनाएको छ ।
हाल इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । र थप बर्षा हुने बताइएको छ । भारी वर्षाको कारण मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा/रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने सम्भावना रहेकाले दिउँसो सम्म उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । यस वर्ष १५ दिन अगावै पूर्व भेगबाट बिहिबार रातिदेखि मनसुन भित्रिएको छ।